fbpx

उज्वेकिस्तानलाई हराउँदै किर्गिस्तानले जित्यो एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौं, ७ भदौ । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि किर्गीस्तानले जितेको छ । शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानलाई हराउँदै उसले उपाधि उचालेको हो ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनल खेलमा किर्गिस्तानले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । किर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २५–१९ को सेटमा हरायो ।

यसअघि सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई हराएको थियो भने उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो । यस च्याम्पियनसिपमा दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए ।

Loading...