fbpx

सामाजिक सञ्जालले किशोरीमा मानसिक समस्या बढाउँदै

विराटनगर ।

सामाजिक सञ्जाल दैनिकीको अभिन्न अंग जत्तिकै भएको छ । विशेषगरि किशोर किशोरीहरुमा फेसबुक, इस्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जालको तीब्र लत नै बसेको छ ।

केही अध्ययनहरुले सामाजिक सञ्जालको नकरात्मक असर किशोरीहरुमा चाडै देखिने बताउदै आएका छन् । भर्खरै भएकोको एक अध्ययनमा सामाजिक सञ्जालको प्रयोगले किशोरीहरुमा विज्ञहरुले सोचे भन्दा ज्यादा ठुलो असर गर्ने उल्लेख छ । सामाजिक सञ्जालकै कारण किशोरीहरुमा डिप्रेसनको समस्या देखिने पहिले केही अध्ययनहरुले देखाएका थिए । तर द ल्याङ्केट चाइल्ड एण्ड एडल्सेन्स हेल्थ मा प्रकाशित अध्ययनको प्रतिवेदनले सामाजिक सञ्जालको प्रयोगले मानसिक समस्या बढ्दै गएको देखाएको छ ।

उनीहरुलाई मानसिक रुपमा कमजोर र शारीरिक व्यायाम कम गर्ने अर्थात अल्छिपना बढाउदै लगेको देखाएको छ । इंल्याण्डमा १३ देखि १६ वर्ष उमेर समुहका १० हजार किशारीहरुमा गरिएको अध्ययनमा निन्द्रा र व्यायममा असर गरिरहेको देखाएको छ ।

किशोरीहरुलाई घातक र नकरात्मक विषयमा उल्झाउने, साइवर धम्कीको सामना गर्नु पर्ने जस्ता समस्याहरु देखिएका हुन् । ग्रट अर्मण्ड इन्स्टीच्यूट अफ चाइल्ड हेल्थका प्रतिनिधि तथा अध्ययनका सहलेखक रुसेल भेनरका अनुसार गलत विषयमा किशोरीहरुलाई समाजिक सञ्जालले अलमल्याई रहेको बताए ।

सामाजिक सञ्जाल आफैले मानसिक समस्या ल्याउने नभई दुरुपयोग गरेको कारण यस्तो अबस्था आएको उनको भनाई छ । उनले किशोरीहरुलाई बेलैमा सुत्न, शारीरिक व्यायम गर्न र साइबरबाट हुने हिसाँका विषयमा छलफल गर्न सुझाब दिए ।

Loading...