fbpx

प्याब्सन मोरङको अतिरिक्त क्रियाकलाप सुरु

विराटनगर, ६ भदाै । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन ‘प्याब्सन’ मोरङले विद्यालय अतिरिक्त कार्यक्रम सुरु गरेको छ । बिहीबारबाट सुरु खेलकुद कार्यक्रम भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।

अतिरिक्त क्रियाकलापको पहिलो दिन बिहीबार पथरीमा वक्तित्वकला र चित्रकला प्रतियोगिता आयोजना गरिएको प्याब्सन मोरङका सचिव प्रेमलालसिंह सुवालले जानकारी दिए ।

सुवालका अनुसार वक्तित्वकला प्रतियोगितामा क्रिस्टल स्कूलका योगेश दाहाल प्रथम भएका छन् । चित्रकलाको जुनियरतर्फ सप्तकोशी स्कूल उर्लाबारीका संकल्प ढकाल प्रथम, एभरेष्ट स्कूल पथरीका स्नेहा वनेम दोस्रो र जुपिटर स्कुल सुन्दरहरैचाका अंकित उराव तेस्रो भए ।

१७ वटा पालीका भित्रका विद्यालयहरुबाट वक्तित्वकला प्रतियोगितामा ३० वटा स्कूलबाट ३० जना र चित्रकलामा ५६ स्कूलबाट ५६ जना विद्याथी सहभागि थिए ।

Loading...