fbpx

इमरान खानले दिए भारत पाकिस्तान टकरावको चेतावनी

पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरको विषयमा अब भारतसँग वार्ता औचित्य नरहेको बताएका छन् ।

उनले कश्मीरको विषयमा परमाणु हतियारले सम्पन्न दुई मुलुकबीच टकरावको स्थिति आएको चेतावनी पनि दिएका छन् । द न्यूयोर्क टाइम्सलाई दिएको अन्र्तवार्तामा खानले भारत र पाकिस्तानको टकरावको खतरा बढेको बताएका हुन् ।

उनले यो विषयमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानीको पहल गरेपनि मोदीले कुराकानी गर्न नचाहेको आरोप लगाए । प्रधानमन्त्री खानले अब भारतसँग वार्ताको औचित्य नभएको समेत स्पष्ट पारे । धेरैपटक वार्ताको प्रयास गरेपनि यसलाइ भारतले नजरअन्दाज गरेको उनको भनाई छ । यो भन्दा बढी अब आफुले केही गर्न नसक्ने उनले बताए ।

इमरान खानले भारत प्रशासित कश्मीरको स्वयत्तता हटाएकोमा हिन्दुवादी सरकारलाई निसानामा राख्दै आएका छन् । पाकिस्तानले कश्मीको विषयमा भारतको निर्णयलाई लिएर संयुक्त राष्ट्र संघसम्म मोदी सरकारको निर्णयको आलोचना गर्दै आएको छ । तर भारतले भने कश्मीरमा विस्तारै स्थिति सामन्य हुने जनाएको छ ।

Loading...