fbpx

सैन्य सुचना आदानप्रदान सम्झौता खारेज गर्ने कोरियाली निर्णयको जापानद्वारा ‘कडा‘ विरोध

टोकियो ( जापान ) सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानको विदेश मन्त्रालयले ‘कडा‘ विरोध गरेको छ । जापानले कोरियाको यो निर्णयलाई अफसोसजनक कदम भनेको छ ।

दक्षिण कोरियाली सरकारद्वारा सम्झौता खारेज गर्ने निर्णयले क्षेत्रीय सुरक्षा वातावरणलाई खल्वल्याउने भन्दै अफसोसपूर्ण भएको जापानी विदेशमन्त्री तारो कानोद्वारा बिहीबार जारी वक्तब्यमा उल्लेख छ ।

उनले दक्षिण कोरियाली पक्षको यो निर्णयलाई स्वीकार नगर्ने बताए । साथै यो निर्णय लिएकोमा दक्षिण कोरियाली सरकारको कडा शब्दमा विरोध गर्ने उनको भनाई छ ।
यस बिषयमा दक्षिण कोरियाको धारणा माग्न जापानका लागि दक्षिण कोरियाली राजदूतलाई बोलाएर राजधानी टोकियोमा राय लिने काम भएको छ ।

सियोलले सैन्य–सूचना आदानप्रदान सम्झौता कोरियाली हितमा नरहेको भन्दै यसको खारेज गर्ने निर्णय गरेपछि जापानको यस्तो प्रतिक्रिया आएको हो । सामान्य सुरक्षासम्बन्धी सैन्य सूचना सहमतिको अन्त्य गर्ने कोरियाली निर्णयसँगै अमेरिकाका निकट सहयोगी मानिने यी दुई प्रजातान्त्रिक मुलुकहरूबीचको सम्बन्धमा तनाव देखिएको छ ।

Loading...