fbpx

मांशपेशी तथा जोर्नीको दुखाई र कमजोरी के कारण हुन्छ ?

विराटनगर ।

बढ्दो तौल, मांशपेशी र जोर्नीमा हुने दुखाई अनि बिना कारण हुने कमजोरी र अल्छि लाग्ने अहिले आम समस्या हुन थालेको छ । यस्तो समस्या धेरै जसो थकाई र अनिन्द्राको कारण हुने गरेको छ ।

खासमा जीवनशैलीमा आएको परिवर्तनको कारण यस्ता समस्याहरु देखिने गर्छ । हाम्रो उठ्ने, सुत्ने तथा खानेको समयतालिका नहुँदा यस्तो हुने गर्छ । कहिलेकाँही अत्यधिक र बारबार खाना खाने र कहिले दिनभर भोकै रहने हाम्रो बानी छ । समयको अभाव र बद्लिदो जीवनशैलीको कारण हामीले यी चिजहरुमा ध्यान नदिँदा थकाई, जोर्नीको दुखाई जस्ता समस्या देखिएको हो भने सावधान हुन जरुरी छ ।

भारतकी पोषणविद् कनिका खन्नाले यस्तो समस्या अहिले दक्षिण एसियामा समेत देखिन थालेको बताइन् । यस्तो समस्या खासमा सामान्य समस्या हो । शरीरमा भिटामिन डी को कमीले हुने हुने गर्छ । यस्तो दुखाई लगातार भईरहेको छ भने सबैभन्दा पहिले हामीले ब्लड टेष्ट गराउन उनको आग्रह छ । उनले शरीरमा भिटामिन डी ३ को मात्रा कति छ भन्ने पत्ता लगाएर यसको समाधान गर्न सकिन्छ । यसको मात्रा शरीरलाई आवश्यक भन्दा कम भएमा यस्तो समस्या देखिन्छ । भारतमा झण्डै ७० प्रतिशतलाई भिटामिन डी को कमी हुने गरेको छ ।

सुर्यको किरण नै भिटामिन डी को प्रमुख श्रोत हो । प्रकृतिक रुपमा पाइने सुर्यको किरण विटामिन डी को सबै भन्दा ठुलो श्रोत मानिन्छ । शरीरमा विटामिन डी को मात्रा पुरा गर्न हप्तामा चारदेखि ५ दिन सनबाथ (केही समयमा घाममा बस्ने ) गर्नु उपयुक्त हुन्छ । सनबाथकोलागि विहान ८ बजे अघि र बेलुकी ४ बजेपछिको समय उचित हुन्छ । यो बेला अनुहार पनि घामतिर फर्काएर बस्नु राम्रो हो । १५ मिनेटजति सनबाथ गरे जीन्दगीमा कहिले भिटामिन डी को कमी हुदैन् ।

यो बाहेक माछा, अण्डा र मासु पनि भिटामिन डी को श्रोत हो । भेजिटेरियनहरुले भने सुर्यमुखी फुलको दाना, सोयबिन र दुग्ध पदार्थ सेवन गर्दा पनि भिटामिन डी पाइन्छ । भिटामिन डी को औषधी, इन्जेक्सन वा पाउडर सेवन गर्नु अघि भने डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ ।

Loading...