fbpx

विराटनगर आँखा अस्पतालमा तीन देशका विरामी, पहाडी क्षेत्रमा सेवा विस्तार गर्न जाेड

विराटनगर ५ भदाै । विराटनगर स्थीत ‘विराटनगर आँखा अस्पताल’ले अन्धोपन न्यूनिकरण गर्न उल्लेखनीय योगदान दिएको सरोकारवालाहरूले बताएका छन् । सामाजिक विकास मन्त्रालय, नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय उपचार केन्द्र र विराटनगर आँखा अस्पतालले आयोजना गरेको ‘आँखा, कान तथा पुनस्थापना : वर्तमान स्थिति र भविष्यका रणनीति’ विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले अन्धोपन न्यूनीकरण गर्न अस्पतालको ठूलो योगदान भएको बताएका हुन्  ।

विराटनगर आँखा अस्पतालमा नेपाल भारत र बंगलादेशबाट पनि विरामी आउँछन् । अस्पताला गुणस्तरीय सेवाकै कारण छिमेकी तीन राष्ट्रका जनता पनि विराटनगर उपचारकालागि आउने गरेकाे प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । अस्पतालले पुर्याएको योगदानको प्रशंसा गर्दै उनले ग्रामीण तथा पहाडी  क्षेत्रका जनताका लागि पनि सेवा विस्तर गर्नुपर्ने बताए ।

अस्पतालमा नेपालका ७६ वटै जिल्ला बिरामी उपचारका लागि आउँछन् । भारतीय विरामीको चाप रहने अस्पतालले अन्धोपन न्यूनिकरणमा भूमिका खेलेको मन्त्री घिमिरेको भनाई छ ।

कार्यक्रममा सघंका महासचिव श्यामकुमार पोखरेल, मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, लहानस्थित सगरमाथा आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरी, सदस्य पद्मनारायण चौधरी र अस्पतालका प्रा डा सञ्जयकुमार सिंहले अन्धोपन न्यूनिकरणका विषयमा अस्पतालले गरेको कामको चर्चा गरेका थिए । कार्यक्रममा प्रदेशका स्थानीय निकायका प्रमख, उपप्रमुख, अस्पतालका चिकित्सकहरु, नेत्रज्योति सङ्घका पदाधिकारीहरुको सहभागिता थियो ।

Loading...