fbpx

उत्पादनमा जोड दिन सहकारीलाई मन्त्रिको आग्रह

काठमाडौं, ५ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अभियान्ताहरुको सहयोगले मात्र सहकारी संस्थाहरूको मर्जर अभियान सफल हुने बताएकी छन ।
सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले क्षेत्र, भेग, कामको प्रकृति मिल्ने सहकारीहहरुको मर्जर अभियान थालेकोले सहयोग गर्न अभियन्ताहरुलाई आग्रह गरिन । उनले सहकारी अभियन्ताहरूको पहलमा मात्र सहकारी संस्थाहरूको मर्जर अभियान अगाडी बढ्न सक्ने विश्वास व्यक्त गरिन ।

नेपालमा बढिमा १० हजार सहकारी भए पर्याप्त हुने बताउँदै संख्या घटाउन मर्जरमा जानैपर्ने बाध्यता आएको मन्त्री अर्यालले बताइन । तर उनले सरकारले जर्बजस्ती मर्जरमा नलाने पनि प्रस्ट पारिन । मन्त्री अर्यालले अब सहकारी संस्थाहरू बचत ऋण प्रवाहमा मात्र हैन उत्पादनमा जानुपर्नेमा जोड दिइन । भनिन , – अब सहकारीले उत्पादनमै जोड दिने हो । एउटा सहकारीले अनिवार्य रुपमा एउटा उद्योग, व्यवसाय गर्नुपर्छ । ’

Loading...