fbpx

विराटनगरमा शुक्रबार सार्वजनिक बिदा

विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।  महानगरकाे बिहीबार बसेककाे कार्यपालिकाकाे बैठकले कृष्ण जन्माष्टमीकाे दिन शुक्रबार बिदा दिएकाे हाे ।

महानगरपालिले जारी गरेकाे सार्बजनिक सूचनामा नगरकार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयका साथै शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिएको जनाइएको छ ।

महानगरका सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाद्वारा जारी उक्त सूचनामा भनिएको छ, ‘श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार महानगर कार्यपालिका र यसअन्तर्गतका कार्यालय तथा नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिएको सूचित गरिन्छ ।’

शनिवार विराटनगरमा वृहत रथ यात्रा निस्कदैछ । विराटनगरको पहिचान र संस्कृतिसँग जोडिएको राधाकृष्ण रथयात्रामा पूर्वि नेपाल र छिमेकी देशबाट पनि  सर्बसाधरणहरू सहभागि हुन्छ्न् ।

५२ औं रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । रथ यात्राको लागि १८ वटा उपसमिति निर्माण गरीएको छ ।

विराटनगर पानीट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट निस्कने रथयात्रा विराटनगर मेनरोड हुँदै महेन्द्र चौक, धरानरोड, बरगाछी हुँदै सात किलोमिटिरको रुट यात्रा पूरा गरी पुनः मन्दिर परिसरमा आएर विसर्जन हुनेछ ।

रथयात्रा सञ्चालनका लागि मुख्य रुट क्षेत्रमा ४० स्थानमा विश्रामस्थल तोकिएको छ । रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा बर्साइने छ ।

kdk

Loading...