fbpx

कृषकहरुलाई खुसीको खबर , नेपाली अदुवाबाट बनेको पेय पदार्थ

काठमाण्डौ । यूवा बैज्ञानिकहरुले नेपालमा नै उब्जाईएको अदुवाबाट बिभिन्न किसिमको पेय पदार्थ अर्थात सफ्ट ड्रिंङक तैयार गरेका छन । काठमाण्डौ स्थित राष्ट्रिय आविष्कार केन्द्रमा ७ महिना देखि निरन्तर अनुसन्धान गरिरहेका नेपाली यूवा बैज्ञानिकहरुको टीमले नेपाली अदुवाबाट बनेको बिभिन्न पेय पर्दाथ तैयार गरेका हुन ।

अदुवाबाट बनाइएको उक्त्त सफ्ट ड्रिंङकलाई क्यानाडामा कार्यरत नेपाली खाद्य बैज्ञानिक र बिशेषज्ञ नारायण घिमिरेले ४ भदौमा आबिष्कार केन्द्रमा पुगेर सफल परिक्षण गरिसकेका छन । उनका अनुसार अदुवाबाट बनाइएको पेय पदार्थहरु उच्चकोटीका छन र यसले बिदेशी पेय पदार्थहरु संग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना बलियो छ ।
नेपालमै उत्पादन भएको अदुवाबाट बनेको यो पेय पदार्थ बजारमा पाइने बिभिन्न किसिमको पेय पदार्थहरु जस्तै कोक, फ्यान्टा, पेप्सी, स्प्राईट जस्तै हुनेछ । तर यसमा अलि कति जडिबुटीको अंश पनि राखिनेछ ।

photo

आबिष्कार केन्द्रका संचालक नेपाली बैज्ञानिक महाबिर पुनका अनुसार परिक्षण सफल भैसकेकोले अदुवाबाट बनेको उक्त्त  पेय पदार्थलाई के नाम दिएर बजारमा ल्याउने भन्नकालागि नाम छनौट गर्ने काम भैरहेको छ । केन्द्रले उक्त्त पेय पदार्थका लागि सुहाउदो नाम सुझाएर सहयोग गर्न सर्बसाधारणलाई आग्रह पनि गरेको छ । नाम सुझाउन चाहनेहरुले बैज्ञाकिन महाबिर पुन र आबिष्कार केन्द्रको वेवसाइट पेज प्रयोग गर्न सकिन्छन । नाम टुंगो लागेपछि बढीमा छ महिना भित्रमा नेपालमै उत्पादन भएको अदुवाबाट तैयार कोल्ड डिँ«ङस नेपाली बजारमा आइसक्ने छ ।

photo

नौलो स्वादको उक्त्त पेय पर्दाथ नेपाली र बिदेशी उपभोक्त्ताहरुले रुचाएमा नेपालका अदुवा कृषहरुले मूल्य नपाएर बारीमै कुहाउनु पर्ने र बिक्रिका लागि भारतीय बजारमा मात्र भर पर्नुपर्ने बाध्यता पनि अन्त हुनेछ ।
फोटो , महाबिर पुनको फेसबुकबाट

Loading...