fbpx

बि–टाउन फेसनवेयर विराटनगरमा

बजारमा नयाँ

बिराटनगर ५ भदौ । गुणस्तरिय रेडीमेड कपडा तथा फेन्सी सामानहरुको लागि विराटनगरमा ‘वि टाउन फेशनवेयर’ संचालनमा आएको छ ।

सुपथ मुल्यमा गुणस्तरीय जेन्स कपडाको आइटमहरुको होम डेलिभरी सुबिधासहित ‘वि टाउन फेशनवेयर’ स्टोर विराटनगरस्थित चुलाचुलीमार्गमा संचालनमा आएको हो ।

 

photo cloth

यहाँ जारा , पुल एण्ड बियर , नेक्स्ट , स्प्रिंग जस्ता विभिन्न ब्राण्डका टिशर्ट ,पेन्ट, ज्याकेट , समर वेयर तथा चस्मा , ब्रासलेट, टप जस्ता अन्य फेन्सि आइटमहरु रहेका छन् जसलाई ग्राहकहरुले घरमै उपलब्ध गर्न सक्ने संचालक सुमन खडकाले बताए ।

‘वि टाउन फेशनवेयर’ ले नेपालभर डेलिभरी सुविधा दिएको छ । जसले गर्दा ग्राहकहरुले घरमै बसेर यहाका सामानहरु अर्डर गर्न सक्दछन । यहाका कपडाहरु गुणस्तरीय र सस्तो भएको कारण नेपालको विभिन्न ठाउबाट अर्डर आउने गरेको संचालक खडका बताउँछन । ग्राहकहरुले मनपराएको सामग्री अर्डर गर्नको लागि बि टाउनको फेसबुक पेज तथा इन्स्टाग्रामको प्रयोग गर्न सक्दछन।

Loading...