fbpx

प्रशिक्षणमा फर्किए मेस्सी, रियल बेटिसविरुद्धको खेलबाट ला लिगामा फर्किन सक्ने

एजेन्सी, ५ भदौ ।
बार्सिलोनाका कप्तान लियोन मेस्सी प्रशिक्षणमा फर्किएका छन् । दुई साताअघि घाइते भएका उनी बुधबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।

ला लिगा सुआत हुन केही दिन बाँकी छँदा मेस्सी घाइते भएका थिए । उनी अभ्यासको क्रममा घाइते भएपछि ला लिगा मात्र नभएर दुई मैत्रीपूर्ण खेलमा सहभागी हुन पाएनन् । ला लिगाको उद्धाटन खेलमा ठीक हुनसक्ने बताइए तापनि उनले ला लिगाको उद्धाटन खेल गुमाएका थिए । पिँडुलामा चोट लागेका मेस्सी बुधबारबाट ट्रेनिङमा फर्किएका छन् ।

khel

अब उनले ला लिगाअन्तर्गतको बार्सिलोनाको दोस्रो खेलमा सहभागिता जनाउन सक्ने सम्भावना रहेको छ । बार्सिलोनाले ला लिगाको दोस्रो खेलमा रियल बेटिससँग खेल्दैछ । यो खेल अगस्ट २६ मा बार्सिलोनाकै घरेलु मैदान क्याप नोउमा हुनेछ ।

मेस्सी चोट मुक्त हुँदै टिममा फर्किएपछि बार्सिलोनालाई केही राहत भने मिलेको छ । तर, उसका अन्य केही खेलाडीहरू घाइते नै छन् । बार्सिलोनाका स्टार लुइस स्वारेज र आस्मान डेम्बेले हाल चोटका कारण मैदानबाहिर छन् । स्वारेज र डेम्बेले एथ्लेटिक बिल्बाओसँगको खेलमा घाइते हुन पुगेका थिए ।

Loading...