fbpx

करेन्ट लागेर मृत्यु

झापा ।
झापामा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका ८ दाहाल चोकका ६१ वर्षीय हर्कबहादुर दर्जीको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधवार बेलुकी घरमा विद्युतको तार जोड्दा दर्जीलाई करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भिर घाइते भएका दर्जीको उपचारकोलागि बिर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा बुधबार राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Loading...