fbpx

मोरङमा एक महिनामा गरे २५ जनाले आत्महत्या

विराटनगर । मोरङमा गत साउन महिनमा २५ जनाले आत्महत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार झुुण्डिएर २१ जना र विष सेवन गरेर ४ जनाले आत्महत्या गरेका हुन् । यो संख्या डरलाग्दो भएको प्रहरीको भनाई छ ।

पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्न थालेको प्रहरीले जनाएको छ । एक महिनामै २५ जनाले आत्महत्या गर्नु पर्ने कारण खोजी हुनु पर्ने प्रहरीको भनाई छ । मोरङका प्रहरी प्रमुख एसपी विश्वराज अधिकारीले यौनको विषय र अन्य चरम निरासाको कारण आत्महत्याको बाटो रोजेको बताए । समाजमा व्याप्त निरासा, डिप्रेसन र अवैध यौन सम्बन्ध नै आत्महत्याको प्रमुख कारण रहेको प्रहरीको दाबी छ ।

यसैबीच मोरङमा आत्महत्यासँगै अन्य विभिन्न घटनामा ७० जनाको मृत्यु भएको छ । पानीमा डुबेर ७ जना, सबारी दुर्घटनामा ७ जना, खोेलाले बगाएर ६ जना, करेन्ट लागेर ४ जना, रुखले किचेर १ जना, हत्यामा २ जनाको मृत्यु भएको छ ।

Loading...