fbpx

पूर्वाञ्चल विश्वबिद्यालयमा भित्रैबाट पदाधिकारी नियुक्त्त गर्न माग

बिराटनगर ४ भदौ । पूर्वाञ्चल विश्वविद्यालय भित्रैबाट उपकुलपति र सेवा आयोगको अध्यक्ष नियुक्त्त गर्न प्राध्यापक र कर्मचारी संघले माग गरेका छन ।

६ भदौदेखी पुर्बाञ्चल बिश्वबिद्यालयका उपकुलपति र सेवा आयोगका अध्यक्ष रिक्त्त हुनेभएकोले बिश्वबिद्यालय भित्रैबाट नियुक्त्त गर्नुपर्ने प्राध्यापक र कर्मचारी संघले माग गरेका हुन ।

बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै प्राध्याक र कर्मचारी सँघले बाहिरका व्यक्त्ति भन्दा भित्रैको व्यक्त्ति विश्वबिद्यालयको विकासमा बढी जिम्मेवार हुने बताए । प्राध्यापक संघका अध्यक्ष सन्देशदास श्रेष्ठले बाहिरको व्यक्त्ति पदाधिकारीमा नियुक्त्रगर्दा बिगतमा पटक पटक द्धन्द्ध सृजना भएको र विश्वबिद्यालयको विकासमा भन्दा पनि स्वार्थको विवादले वदनामी बढी भएकोले भित्रैबाट नियुक्त्ति हुनुपर्छ भने ।

कर्मचारी संघका अध्यक्ष राजकुमार सापकोटाले विश्वविद्यालय सधै विवादमा आउने कारण बाहिरबाट पदाधिकारी नियुक्त्त गरिनु हो भन्ने प्रस्टपारिसकेकोले अवको उपकुलपति र सेवा आयोग अध्यक्ष भित्रैबाट नियुक्त्त हुनुपर्छ भने । सरकारले राष्ट्रिय योजना आयोगको शिक्षा बिभाग सदस्य डा उषा झाको नेतृत्वमा गठन भएको छानबिन समितिले पुर्वाञ्चल विश्वविद्यालयमा पदाधिकारी भित्रैबाट नियुक्त्रगर्दा सुशासन कायम हुने निष्कर्ष निकालेको थियो ।

प्राध्यापक र कर्मचारी संघले भित्रैबाट पदाधिकारी नियुक्त्त गराउन हाम्रो् बिद्यालय हामी आफैले सञ्चालन गर्ने अभियान पनि घोषणा गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा घनश्यामलाल दास र सेवा आयोगका अध्यक्ष बद्री श्रेष्ठको कार्यकाल यही ५ भदौदेखी समाप्त हुदैछ ।

Loading...