fbpx

रथयात्रामा १७ सय प्रहरी परिचालन गरिने, मुख्य बजारमा पार्किङ निषेध

विराटनगर, ४ भदौ । विराटनगरको एतिहासिक राधाकृष्ण रथयात्राको सुरक्षाकालागि एकहजार ७ सय प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कृष्ण जन्मअष्टमीको भोली पल्ट निकालिने रथयात्राको सुरक्षाकालागि नेपाल प्रहरी र ससत्र प्रहरी गरी एक हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो ।

मोरङका  प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार रथयात्राको सुरक्षाकालागि २ सय जना सादा पोशकका प्रहरी परिचालन हुनेछन् । ठूलो संख्यामा भक्तजन सहभागि हुने रथयात्रालाई व्यवस्थित बनाउन विशेष सुरक्षा योजना अपनाएको उनले बताए । रथयात्राको क्रममा महानगरको १० स्थानमा विशेष निगरानी राखेर सुरक्षा सर्तकता अपनाइएको अधिकारीले जानकारी दिए ।

रथयात्राको दिन प्रहरी मुख्यबजार क्षेत्रमा सवारी साधन प्रवेशनमा रोक लगाएको छ । पार्किङलाई व्यवस्थित बनाउन बजारका खाली स्थान प्रयोग गर्ने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । रथयात्राकाे पार्किङकालागि भाटभटेनी, सेन्ट्रल मलकाे  पार्किङ स्थल पनि प्रयाेग गर्न सकिने छ ।  मुख्य बजारका साइट सडकहरुमा पनि पार्किङको छुट्टै व्यवस्था मिलाइएको  पाेखरेलले जानकारी दिए ।

Loading...