fbpx

शिक्षा नीति अन्तिम चरणमा : मन्त्री पोखरेल

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान शुभारम्भ गर्दै उनले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपछि नीति निर्माण सुरु गरिएको बताए ।
मन्त्री पोखरेलले नेपाल शिक्षक आयोगको परीक्षा उत्तीर्ण शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउदै स्थानीय पालिका तहमा नपुग विषयगत शिक्षक स्थानीय स्तरबाटै दरबन्दी पूर्ति गरिने जानकारी दिए ।

उनले सामुदायिक विद्यालय स्वायत्त संस्था भएकाले नजिताका आधारमा अनुदानको व्यवस्था भए स्तरीय पठनपाठन हुने विचार राखे ।

मन्त्रालयका सचिव हरिप्रसाद दाहालले प्रदेशमा गुणात्मक एवम् जीवनोपयोगी शिक्षाका लागि कार्य भइरहेको बताए । कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका सदस्यहरुले विद्यालयले गरेको कार्यबारे जानकारी गराएका थिए ।

Loading...