fbpx

हतारमा विदाई, सुटुक्क अन्तर्वार्ता, प्राध्यापक संघले भन्यो– ‘नैतिक संकट उत्पन्न भयो’ (भिडियोसहित)

मोरङ, ४ भदाै । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगबाट विदाई भएका अध्यक्ष बद्रीनाथ श्रेष्ठले प्राध्यापक र सहप्राध्यापक नियुक्तीकालागि होटलमा अन्तर्वार्ता गरेपछि प्राध्यापक संघ र कर्मचारी संघले छानबिन गर्न माग गरेका छन । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले नैतिक संकट उत्पन्न भएकाे बताउँदै हाेटलमा सुटुक्क गरिएकाे  अन्तर्वार्ताकाे  छानविन गर्न माग गरेका हुन् ।

विदाई भएका अध्यक्षले नैतिकता विर्सिएर होटलमा अन्तरवार्ता गरेपिछ विश्वविद्यालयमाथि नै नैतिक संकट उत्पन्न भएको उनीहरूकाे भनाइ छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले सूक्ष्म छानबिनको माग गरे ।

काठमाडौं लाजिम्पाट स्थीत होटल एम्बेस्टरमा अन्तरवार्ता  लिएकाे घटना बाहिरिएपछि विश्वविद्यालय भित्र खैलाबैला मच्चिएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा सन्देशदास श्रेष्ठ र प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष नबिन भट्टराईले जाँदाजाँदै सेवा आयोग अध्यक्ष श्रेष्ठले कर्मचारी नियुक्त्ती प्रकृया अघि बढाएपछि नैतिक संकट उत्पन्न भएकाे बताए ।

२ सय ८१ जनाको परिक्षा स्थगित भैरहेको र आफु अवकाशकालागि बिदाई समेत भैसकेको  तथा कर्मचारीहरुले समेत साथ नदिएको अबस्थामा बिना सूचना सुटुक्क बाहिर बसेर कर्मचारी नियुक्त्त गर्ने कामले नैतिक संकट उव्जाएको छ प्राध्यापक संघको दाबि छ ।

‘पाँच गते कार्यकाल सकिदैछ, हामी ३ गते बिदाई गर्छाै भन्दा उहाँले दुई हप्ता अघि यही शनिबार जाने भने पछि हतार हतार बिहिबार र शुक्रबार बिदाई ग¥र्याैं । ’ श्रेष्ठ भन्छन् ‘ सेवा आयोगका अध्यक्षबाट नैतिकता पतन हुने कार्य गरेकोमा हामी आश्चार्य चकित भएका छौं ।’

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष श्रेष्ठको ४ वर्षे कार्यकाल भदौं ५ गते सकिँदैछ । उनले  प्राध्यापक र सहप्राध्यापक नियुक्तिका सोमबार होटलमा परीक्षा लिएका थिए ।

विश्वविद्यालयबाट बिदाई भएपछि काठमाडौं पुगेका श्रेष्ठले कार्यकाल सकिँन तीनदिन बाँकी रहेको अवस्थामा सोमबार प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा परीक्षा सञ्चालन गरेपछि श्रेष्ठको तिब्र आलोचना भइरहेको छ ।

विश्वविद्यालय सेवा आयोगले खुलाएको विज्ञापनमा प्राध्यापकतर्फ प्राडा जीवन ढकाल र सहप्राध्यापकतर्फ शैलेन्द्र शिवाकोटीको नाम अन्तर्वार्ताका लागि छनोट भएको थियो । विज्ञको रूपमा प्राडा कमल ढकाल, प्राडा पृथ्वीविक्रम राई र प्राडा पुस्कर बज्राचार्यलाई निमन्त्रण गरेर  काठमाडौंको होटल एम्बेस्टरमा अन्तर्वार्ता लिइएको थियो ।

Loading...