fbpx

उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु, ताप्लेजुङमा बगरमा शव भेटियाे

विराटनगर,  ३ भदाै  । उदयपुर र ताप्लेजुङमा दुईजनाको ज्यान गएको छ । छुट्टा छुट्टै घटनामा दुईजनाको ज्यान गएकाे हाे । उदयपुरको बेलका नगरपालिका– ५ का श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । तिर्थ आले मगरले कुटपिट गर्दा श्रीमती ३० वर्षिय मन्जु आले पुलामी मगरको मृत्यु भएको हो ।

सोमबार राति १० बजे घरायसी विवादमा तिर्थले कुटपिट गर्दा गम्भीर घाईते भएकी मन्जुको उपचारको क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको हो । घटना पश्चात तिर्थलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४ दलैचामा आफ्नै बारीमा अलैची फाड्न गएका ४८ वर्षिय मनकुमार भन्ने मनमरे लिम्बु मृत अवस्थामा भेटिएका छन् । साउन ३२ गते देखि अलैची फाड्न गएका लिम्बु हराएपछि उनकी श्रीमती पबित्रा लिम्बुले प्रहरी चौकी पापुङ्गमा हराएको उजुरी दिएकी थिइन् ।

लिम्बुको खोजतलास गर्दा सोमबार साँझ साढे ६ बजे मिक्वाखोलाको बगरमा मृत अवस्थामा भेटिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...