fbpx

विराटनगरको रथयात्रा भदौ ७ गते, १८ उपसमिति गठन

रंगेली, ३ भदौ । विराटनगरको पहिचान र संस्कृतिसँग जोडिएको राधाकृष्ण रथयात्राको तयारी आयोजक समितिले अन्तिम चरणमा पुर्याएको छ । आयोजक समितिले मंगलबार मन्द्रिर परिसरमा गरेको पत्रकार सम्मेलन गरी ५२ आंै रथयात्राको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । समितिले रथयात्रालाई भव्य बनाउने बताएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथ यात्राको लागि १८ वटा उपसमिति निर्माण गरीएको रयात्रा समारोह समितिमा अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । विराटनगर पानीट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट भदौ ७ गते निकालिने रथयात्रा विराटनगर मेनरोड हुँदै महेन्द्र चौक, धरानरोड, बरगाछी हुँदै सात किलोमिटिरको रुट यात्रा पूरा गरी पुनः मन्दिर परिसरमा आएर विसर्जन हुनेछ ।

रथयात्रा सञ्चालनका लागि मुख्य रुट क्षेत्रमा ४० स्थानमा विश्रामस्थल तोकिएको छ । अघिल्लो वर्षजस्तै रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा बर्साइने छ । रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टिका लागि मात्र ८० हजार भन्दाबढीको फूल प्रयोग हुने अध्यक्ष ओझाले जानकारी दिए ।

रथ यात्रको उद्घाटन १ का प्रदेशप्रमुख गोविन्दबहादुर तुम्बाहाङ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् । रथयात्राको अवलोकनमा नेपाल भारतबाट ५ लाख भक्तजन आउने अयोजक समितिले जानकारी गराएको छ ।

पोखरमल राठी पुरस्कार स्वामी अच्यूत प्रपन्नचार्यलाई

प्रत्येक वर्ष प्रदान गरिँदै आएको पोखरमल धर्मसंस्कृति पुरस्कार यो वर्ष श्री लक्ष्मीनारायण मन्दिर, पाञ्चाली विराटनगरका स्वामी अच्यूत प्रपन्नाचार्यलाई प्रदान गरिने भएको छ । स्वर्गीय पोखरमल राठीको स्मृतिमा राठी परिवारबाट स्थापित पुरस्कारको राशी एक लाख १ हजार छ । पुरस्कार कृष्ण जन्माष्टमीको दिन प्रदान गरिन्छ ।

Loading...