fbpx

तीन वर्षपछि बाहिरियो छवि र शिल्पाको विवाहको फोटो

विराटनगर, ३ भदौ । वैवाहिक सम्बन्धबाट छुटकारा पाउने प्रक्रिया भइरहेको बेलामा निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलेको विवाहको फोटो बाहिरिएको छ । बिहे भएको तीन वर्षपछि छवि र शिल्पाको विवाहको तस्बिर सार्वजनिक भएको हो ।

यी दुईले वि.सं २०७३ साल असारको २९ गते बिहे गरेका थिए । थोरै मात्र पाहुनाको उपस्थितिमा काठमाण्डौको एक रिसोर्टमा यी दुईले विवाह गरेका थिए । बिहे भएको ३ वर्षपछि डिभोर्सको अवस्था आइपरेको शिल्पा र छविलाई बहुबिबाहको मुद्दा समेत लागेको छ । यस्तो समयमा ३ वर्षअगाडिको विवाहको तस्वीर बाहिरिएको खबरले निकै चर्चा पाएको छ ।

तीन वर्षअगाडि चौथो श्रीमतीको रुपमा छविले शिल्पालाई आफ्नो घरमा भित्रिएका थिए । सार्वजनिक भएको तस्विरमा विवाहको समयमा छविको हातसमेत भाँचिएको देखिन्छ । सार्वजनिक भएसंगै यो तस्बिर सामाजिक संजालमा भाइरलसमेत भइसकेको छ । विवाहको फोटोहरु भने शिल्पाले दाइ बनाएकी फोटोग्राफर विकास रौनियारसँग मात्र रहेको थियो । उनीहरुले नै सञ्चालन गरिरहेको अनलाइन पोर्टलबाट यी दुईको तस्वीर सार्वजनिक गरिएको हो ।

छवि र शिल्पालाई बहुबिबाहको मुद्दा लागिरहेको समयमा यी तस्बिरहरु सार्वजनिक गरेर शिल्पाको पक्षमा प्रमाण बलियो बनाउन खोजिएको अनुमान लगाइएको छ । दुईले बहुविवाह गरेको प्रमाणित भएकाले छविको पहिलो श्रीमती हेमाले आफू घरमा हुँदाहुँदै छोरीको उमेर भएकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा, छविराज र शिल्पालाई कारवाहीको माग गर्दै उजुरी गरेकी थिइन् । बहुविवाहको मुद्दा लागेपछि फरार भएकी शिल्पालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

Loading...