fbpx

प्रभु साहले दिए राजीनामा

काठमाडौं । स्थायी कमिटीमा नाम नपरेपछि असन्तुष्ट रहेका नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

स्थायी कमिटीका प्रबल दावेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि असन्तुष्ट थिए । प्रदेश अध्यक्षको जिम्मेवारी दिएपनि उनले भूमिका विहीन बनाउन प्रदेश कमिटी सदस्यहरुको चयनदेखि जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट गरिएको उनको बुझाइ छ ।

प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाएको भन्दै उनी असन्तुष्ट छन् । सर्वसम्मत चयन भएको जिल्ला कमिटीको पनि शपथ ग्रहण हुन सकेको छैन् । जिल्ला कमिटीको सपथ ग्रहण र जनप्रतिनिधिहरूको प्रशिक्षणसमेत केही कारण नभएपनि केन्द्रीय नेतृत्वले रोकेको भन्दै उनी निरास छन् । वरिष्ठ नेता माधव कुमार नेपालको विरोधपछि पार्टी अध्यक्षले शपथ ग्रहण रोक्न निर्देशन दिएको श्रोतले जनाएको छ ।

Loading...