fbpx

दोब्बर महँगो भएपनि स्वदेशी तरकारीमै उपभोक्ताको ध्यान

विराटनगर । विराटनगरकी सानु दुलालले महँगो भएपनि आजकाल स्थानीय स्तरमै उत्पादन भएको तरकारी किन्न थालेको बताइन् ।

उनले बजारमा पहिले आयातीत बोडीको मुल्य सोधिन् ‘१५ रुपैयाँ पाउ र नेपाली बोडीको मुल्य ३० रुपैयाँ पाउ’ भएपनि नेपाली बोडीनै आधाकिलो किनेर हिडिन् । आजकाल सानुले दाम भन्दापनि कहाँको उत्पादन हो भन्ने सोध्ने कान्तिपुर दैनिकमा समाचार छ । अत्यधिक रसायनिक विषादीको प्रयोग भएको कारण भारतीय तरकारी किन्न छोडेको उनको भनाई छ ।

महँगो नै भएपनि अहिले बजारमा उपभोक्ताहरुले स्थानीयले उत्पादन गरेको तरकारी खोज्ने गरेको व्यापारीहरुले बताए । सुनसरीको देवानगञ्ज ७ का कृषक यूवा विनोद मेहताले ४ विगाह क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । उनले भाडामा जग्गा लिएर खेती गर्दै आएका छन् । अहिले स्वदेशी तरकारीको माग बढेपछि दाम पनि राम्रो पाइरहेको भन्दै उत्साहित छन् । उनले अर्काे वर्ष दोब्बर उत्पादन गर्ने बताए ।

Loading...