fbpx

पत्रपत्रिकामा देश : नेपाल भारत संयुक्त बैठकका एजेण्डाहरु पुरानै

विराटनगर ।
परराष्ट्रमन्त्री स्तरमा हुने नेपाल भारत बैठक बुधबारदेखि राजधानी काठमाडौंमा सुरु हुदै छ । बैठकमा राजीतिक, सुरक्षा र सीमा , आर्थिक सहयोग र भौतिक पुर्वाधार, व्यापार परवाहन, उर्जा तथा जलश्रोत मुख्य एजेण्डा रहने छन् ।

नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध समूहले सम्बोधन गरेको र सुल्झन नसकेका द्विदेशीय सरोकालका विषयमा छलफल हुने छ । दुई दिने बैठकमा सहभागि हुने भारतका परराष्ट्रमन्त्री एस जयशंकरसहितको टोली भोली बुधबार नै नेपाल आउने छ ।

डुुवान समस्या, भारतले प्रतिवद्धता जनाएर पुरा नभएका योजना र पञ्चेश्वर जस्ता थाँती रहेका परियोजनाका विषयमा निकासकोलागि नेपालको धारणा राख्ने परराष्ट्रका उच्च अधिकारीले बताएको कान्तिपुर दैनिकमा खबर छ ।

यस्तै ठुला भौतिक पूर्वाधार निर्माणमा बैधानिक रुपमै आर्थिक चलखेलको जोखिम बढ्ने गरि नेपाल पूर्वाधार निर्माण कम्पनी खडा भएको समाचार पनि कान्तिपुर दैनिकले मुख्य पृष्ठमा छापेको छ ।

बिना प्रतिश्पर्धा सरकारी कम्पनीमार्फत आफ्नो स्वार्थ अनुसार काम गर्ने ठेकेदारलाई ठेक्का दिलाईदिने सम्भावना बढ्ने समाचारमा उल्लेख छ । सरकारले यो कम्पनीलाई बिना प्रतिश्पर्धा मन्त्रिपरिषदको निर्णयबाट ठेक्का दिन पाउने कानुनी व्यवस्था छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टी र वर्तमान सरकारबाट प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा रहेको भन्दै जुनसुकै बेला आफ्नो पार्टी आन्दोलनमा जाने चेतावनी दिएका छन् । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए । उनले सरकारले अधिनायकवादी व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाएको खबरपनि कान्तिपुरमा छ ।

यस्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले जम्मु कश्मीरको विवादका विषयमा सरकारले नजिकबाट हेरिरहेको नागरिक दैनिकमा खबर छ । कश्मीर विवाद शान्तिपुर्ण वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने उनले बताए । कश्मीर विवादको कारण क्षेत्रीय अस्थिरता आउनु नहुने उनको भनाई छ । भारतले क्षेत्रीय शान्ति स्थापनामा ध्यान दिने उनले विश्वास व्यक्त गरे ।

नागरिक दैनिकमा नै व्यवसायी अजेयराज सुमार्गीले ८० करोड बक्यौता नतिर्दा स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज भएको समाचार छ । नेपाल दुरसञ्चार प्राधिकरणले उनको लाइसेन्स खारेज गरेको हो । सुमार्गी सञ्चालक रहेको कम्पनीको नाममा नविकरणबापत ७९ करोड ९२ लाख रुपैयाँ बक्यौता छ ।

नेकपामा नयाँ समिकरणको खबर अन्नपूर्ण पोष्टमा छ । सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखिएको छ । तीन गुट देखिदै आएको नेकपामा अहिले दुई गुट देखिएको छ । जसमा ओली गुटमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पोखरेल छन् भने एक्लो कित्तामा माधव नेपाल देखिएका छन् । यसैगरि नारायणकाजी श्रेष्ठ र रामबहादुर श्रेष्ठ तटस्थ रहेको अन्नपूर्णले लेखेको छ ।

Loading...