fbpx

बार्सिलोनालाई अर्को संकट : डेम्बेले पाँच हप्ता मैदानबाहिर रहने

एजेन्सी, भदौ ३ । बार्सिलोनाका विंगर ओस्मान डेम्बेले पाँच हप्ता मैदानबाहिर रहने भएका छन् । फ्रेन्च स्टार डेम्बेले घाइते भइ १ महिना मैदानबाहिर रहने बार्सिलोनाले आधिकारिक रुपमा पुष्टि गरेको छ ।

उनले खुट्टामा चोट बोकेका कारण एक महिना जति मैदान बाहिर रहनु परेको बार्सिलोनाले जनाएको छ । नयाँ सिजनको ला लिगाको पहिलो खेलमा उनी घाइते हुन पुगेका थिए । एथ्लेटिक बिल्बाओविरुद्धको सो खेलको ९०औं मिनेटमा उनी घाइते भइ मैदानबाहिर निस्किएका थिए ।

बार्सिलोनाले आज मात्र एक ट्वीट गरी डेम्बेले पाँच हप्ताका खेल गुमाउने जनाएको छ । देब्रे खुट्टामा चोट लागेका कारण उनी एक महिना मैदानबाहिर रहने बार्सिलोनाले जनाएको छ । उनी घाइते भएसँगै बार्सिलोनालाई अर्को संकट आइपरेको छ । हालैमात्र बार्साका स्टार लुइस स्वारेज घाइते भएका थिए । एथ्लेटिक बिल्बाओसँगकै खेलमा घाइते भएका उनले पनि ४ साता मैदानबाहिर रहनु पर्नेछ ।

यता, आफ्ना कप्तान लियोनल मेस्सी घाइते भइ मैदाबाहिर रहेका छन् । साबिकको ला लिगा विजेता टोली बार्सिलोनाले २६ अगस्टमा रियल बेटिसविरुद्ध खेल्नेछ ।

Loading...