fbpx

मेस्सी, इब्राहिमोभिच र टाउनसेन्ड ‘पुस्कास’ अवार्डको मनोनयनमा, कसले मार्ला बाजी ?

एजेन्सी, भदौ ३ । फिफाले वर्षको उत्कृष्ट गोल पुस्कास अवार्डका लागि मनोनयन सार्वजनिक गरेको छ । पुस्कास अवार्डका लागि फिफा १० खेलाडीको नाम सोमबार सार्वजनिक गरेको हो ।

फिफाले अन्तिम १२ महिनाभित्रको उत्कृष्ट गोललाई यो पुरस्कार प्रदान गर्नेछ । जसमा स्टार खेलाडीद्वय लियोनल मेस्सी तथा ज्लाटन इब्राहिमोभिच पनि परेका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सी तथा एल ए ग्यालेक्सिका ज्लाटान इब्राहिमोभिचको गोल पनि मनोनयमा परेको हो ।

मेस्सीको ला लिगाअन्तर्गत रियल बेटिसविरुद्धको गोल उत्कृष्ट मनोनयनमा पर्दा इब्राहिमोभिचको एमएलसअन्तर्गत टोरोन्टोविरुद्धको गोल परेको हो । यी दुईबाहेक क्रिस्टल प्यालेसका आन्द्रोस टाउनसेन्ड, आरबी लेइपजीगका माथिउस कुन्हा, साम्पोडोरियाका फाबियो क्वाग्लीरेल्ला, रिभर प्लेटका जुवानफर क्विनटेरो, उटाह रोयल्सका यमी रोड्रीगेज, क्लिफ्टनभिल्लेकी विलि सिम्पसन, क्यामरुनकी अजारा एनचट र डेबक्रीनका डानिल सोरी पनि मनोनयनमा परेका हुन् ।

यो पुरस्कार उत्कृष्ट गोलका आधारमा दिने पुरस्कार हो । जसको घोषणा सेप्टेम्बरमा गरिने फिफाले जनाएको छ ।

suchi

Loading...