fbpx

प्रिमियर लिग : पोग्बाको पेनाल्टी मिस भएपछि वुल्भससँग बराबरीमा रोकियो युनाइटेड

विराटनगर,
नयाँ सिजनको इंग्लिस प्रिमियर लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड वुल्भससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

वुल्भसको घरेलु मैदानमा भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । निकै नै प्रतिस्पर्धातमक खेलमा गोलको सुरुआत युनाइटेडले गरेको थियो । खेलको २७औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै पहिलो हाफभरि युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५५औं मिनेटमा वुल्भसले गोल गर्दै खेल बराबरीमा ल्यायो । उसका लागि रुबेन नेभेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यस्तै खेलको ६८औं मिनेटमा युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । तर, पल पोग्बाले प्रहार गरेको पेनाल्टी मिस हुन पुग्यो । त्यसपछि बाँकी समयमा दुवै टोलीले गोल गर्न सकेनन् र दुवै टोलीले बराबरी अंक बाँडे ।

यस बराबरीसँग युनाइटेड चौथो स्थानमा उक्लिएको छ । युनाइटेडसँग ४ अंक छ । यसअघि युनाइटेडले चेल्सीविरुद्ध ४–० गोलको जित निकालेको थियो । अंक तालिकाको शीर्ष स्थानमा लिभरपुल रहेको छ । उसँग ६ अंक रहेको छ । यता, पराजित टोली वुल्भस भने १३औं स्थानमा छ ।

Loading...