fbpx

यमुना नदी बढेपछि दिल्लीमा बाढीको उच्चजोखिममा

नयाँ दिल्ली (भारत) भारतको राजधानी दिल्लीमा बाढीको जोखिम बढेपछि सतर्क रहन आह्वान गरिएको छ । यमुना नदिको पानीको बहाब लगातार बढ्दै गएकाले बाढीको खतरा बढेको अधिकारीहरुले बताएका छन् ।

बाढीको जोखिम र नदीको बहाबको व्यवस्थापनका बारेमा अप्नाउने रणनीतिका बारेमा छलफल गर्न नयाँ दिल्ली प्रदेश सरकारले सोमबार आपत्कालीन बैठक पनि बोलाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै “बर्तमान चुनौतीपूर्ण अवस्थाका बारेमा छलफल गर्न मैले संवन्धीत विभागका अधिकारीहरुसँगको बैठक बोलाएको छु ।” भनेका छन् ।
छिमेकी हरियाणा प्रदेशसँग जोडिएको हाथीनी कुण्ड पुल क्षेत्रबाट यमुना नदीको पानी बढ्दै आएको देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । स्थानीय अधिकारीहरुले तल्लो भूभागमा रहेका बासिन्दालाई सुरक्षित क्षेत्रमा सर्न आह्वान गरेका छन् ।

“बाढीको जोखिम नरहेको उच्च भूभाग तिर मात्रै बस्न र पालको व्यवस्था गर्न म सवैलाई आग्रह गर्दछु,” केजरीवालले ट्वीट गरेका छन् । उनले २ हजार १ सय २० ओटा पालहरु व्यवस्था गरिसकिएको पनि बताए ।

Loading...