fbpx

मिरगञ्ज पुलले प्रदेश एकको आयात निर्यातमा समस्या, समाधानकोलागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसंग भेटघाट गर्दै प्रदेशको आर्थिक तथा औद्योगीक समस्याका विषयमा छलफल गरेको छ ।

भेटमा संगठनका अध्यक्ष भीम घिमिरेले भारतको विहारस्थित परमान नदीमा रहेको मीरगंज पुलबाट ४० मेट्रिक टन भन्दा माथीका ढुवानीका साधन ल्याउन रोक लगाएपछि आयात निर्यातमा असर परिरहेकाले समस्या समाधानकालागि पहल गर्न ध्यानकर्षण गरे । उनले नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत भारत सरकार समक्ष तत्काल पुलको मर्मत सम्भार गर्न र दीर्घकालीन योजना अन्र्तरगत नयाँ पुल निमार्णका लागी प्रदेश सरकारका तर्फबाट अविलम्वन पहल हुनु पर्ने बताए ।

अध्यक्ष घिमिरेले तीन तहको कर प्रणालीले उद्योग / व्यवसायी लगायत सवैलाई आर्थिक भार परिरहेकाले एकिकृत कर प्रणालीको व्यवस्था गर्न र विद्युतको लो–भोल्टेज, ट्रिपिङ लगायतको समस्या समाधान गर्न प्रदेश सरकारले पहल गर्नु पर्ने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले परिवर्तित नीति नियमले उद्योग÷व्यवसाय संचालन गर्न कठिनाई हुदै गएकाले उद्योग/व्यवसायमैत्री नीति बनाउनु पर्नेमा जोड दिए । उद्योग/व्यवसाय क्षेत्रले नयाँ–नयाँ चुनौतीको सामना गर्नु परेको भन्दै उनले प्रदेश सरकारले अभिभावकको भुमिका निर्वाह गरी सहज वातावरण वनाउनु पर्ने विचार व्यक्त गरेका छन् ।

अध्यक्ष मुन्दडाले प्रदेशमा रोजगारीको अवसर सिर्जना, प्रदेशको आर्थीक वृद्धिमा मदत, आयात प्रतिस्थापनका साथै वैदेशिक मुद्रा आर्जनमा उद्योग/व्यवसायको महत्वपुर्ण भुमिका हुने भएकाले प्रदेश सरकारले उद्योगमैत्री नीति बनाउदै उत्पादनमुलक उद्योगलाई प्रोत्साहन गर्ने गर्नु पर्ने बताए ।

कार्यक्रममा उद्योगी/व्यवसायीले स्थानीय निकायले आफु खुसी उठाउदै आएको कर प्रणालीको विकल्पमा वैज्ञानिक कर प्रणाली लागु गर्नु पर्ने, निर्यातमुलक तथा रोजगारी उपलब्ध गराउन सहयोग पु¥याईरहेका उद्योगहरुलाई कर छुटको व्यवस्था गर्न समेत माग गरे । उद्योग स्थापनाका लागी पुर्वाधार सहितको जग्गाको व्यवस्थापन, जग्गाको वर्गीकरण गरी सोही अनुुसारको विकास निर्माणको कार्य भए उद्योग विस्तार हुने उनीहरुको भनाई छ ।

उद्योगी/व्यवसायीका सुझाब सुनेपछि मुख्यमन्त्री राईले मीरगञ्ज पुलको कारण आयात–निर्यातमा उद्योगी÷व्यवसायीले भोग्नु परेको समस्या समाधानका लागी तत्काल संघीय सरकारसँग पहल गरी समाधान खोज्ने, संघीय सरकारसंग समन्वय गरी वैज्ञानिक रुपमा एकिकृत कर प्रणाली लागु गर्न पहल गर्ने आश्वासन दिए ।

मुख्यमन्त्री राईले विद्युतको समस्याबारे आफुपनि जानकार भएको भन्दै समाधान गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका साथ उद्योगी/व्यवसायीको उपस्थितीमा छलफल गरी ठोस कार्यनीति ल्याउने बताए । उनले प्रदेश १ मा जग्गाको वर्गीकरण गरी सोही अनुरुपको विकासको योजना अगाडी वढाउन आन्तरिक तयारी भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री राईले निकट भविष्यमा प्रदेश सरकारले लगानी सम्मेलनको आयोजन गर्न लागेकाले लगानी सम्मेलन पूर्व उद्योग/व्यवसाय अनुकुल नीति निर्माण, सेवा सुविधा लगायतका बारेमा प्रदेश सरकारले स्पष्ट नीति तय गर्ने जानकारी गराउनु दिए । विराटनगर एयरपोर्टको स्तरोन्नतीका लागि संघीय सरकारका पर्यटन मन्त्रीका साथ छलफल भईसकेको भन्दै उनले छिट्टै नै कार्य अगाडी वढ्ने वताए ।

Loading...