fbpx

सिक्वेल फिल्ममा काम गर्दै स्वस्तिमा

विराटनगर ।

युवा पुस्तामाझ चर्चित अभिनेत्री स्वस्तिमा खड्का अभिनित नयाँ चलचित्र ‘हजार जुनीसम्म’ गत विहिबार देखि प्रदर्शनमा आएको छ । उनले फिल्म ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल भएकी छिन् ।

स्वस्तिमाले ‘हजार जुनीसम्म’ हलमा प्रदर्शन भइरहदा आफु नयाँ फिल्ममा अनुबन्ध भएको खबर आफ्नो प्रसंशलाई जानकारी दिएकी हुन् । फेसबुक स्टोरीमार्फत् उनले आफ्नो नयाँ फिल्म अनुमान गर्न आग्रह गर्दै फिल्म र निर्देशकको नाम लुकाएर स्क्रिप्टको तस्विर सार्वजनिक गरेकी हुन् ।

उनले स्क्रिप्टमा आफ्नो आठौं फिल्म भनेर उक्त फोटो सेयर गरेकी हुन् । आफूले वर्षौदेखि गर्न चाहेको स्क्रिप्टमा काम गर्ने मौका पाएको उनले बताएकी छिन् । उनले यो पटक आफ्नो आँखा सिक्वेलमा गएको र नयाँ फिल्मको नाम र टिम चाडै सार्वजनिक हुने भन्दै कथावस्तु निकै मन परेको बताइन् ।

यसअघि निर्माण भइसकेको एक चलचित्रको सिक्वेलमा काम गर्न लागेको खुलासा गर्दै फिल्ममा आफुले निभाएको भूमिका शक्तिशाली रहेको जानकारी दिएकी छिन् । केही दिनयता उनले सेल्फी किङ्ग मा अभिनेता विपिन कार्कीसँग स्क्रिन साझेदारी गर्न लागेको चर्चा चलेको कुरालाई नकारेकी छिन् ।

चलचित्रमा महिला कलाकारको खासै धेरै भूमिका नभएको र उनलाई गीतको लागि मात्र अफर आएको प्रस्ट्याउदै आफुले अभिनय गर्न लागेको फिल्म ुसेल्फी किङ्ग नभएको बताइन् । करिब २ महिनापछि उनी अभिनित अर्को चलचित्र ‘घामड शेरे’ पनि प्रदर्शनमा आउने पक्का भएको छ ।

Loading...