fbpx

भदाै २ ‘कोशी पीडितकालागि कालो दिन’

११ वर्ष बित्यो तर पाएनन् सबैले राहत

मोरङ २ भदौं । कोशीबाढीबाट प्रभावित भएकाहरुले अझै राहत नपाएको गुनासो गरेका छन् । बाढीबाट प्रभावित मध्ये आधा भन्दाबढीले राज्यले घोषणा गरे अनुसारको राहत नपाएको बताएका हुन् ।

वि.स २०६५ साल भदौं २ गते सुनसरीको पश्चिम कुसाहा स्थित पूर्वी तटबन्धबाट कोशी नदी बस्तीमा प्रवेश गर्दा ७ हजार ५ सय ६३ परिवार बिस्थापित भएका थिए । बिस्थापित मध्ये आधा भन्दाबढीले ११ वर्ष सम्म पूर्ण राहत नपाएको कोशी बाढी पीडित संघर्ष समितिका अध्यक्ष मोहमद बाजुद्दिनले बताए । राहतकालागि संघिय सरकार र प्रदेश सरकार समक्ष पुग्दापनि राहत नपाएको उनको गुनासो छ ।

बाँध फुटेर घरवार बिहिन भएका बाढी पीडितहरुले राज्यले तोकेको काठ राहत रकम पनि पाएका छैनन् । अति प्रभावित ३ हजार ३ सय ७० ले ३० किबीका दरले काठ पाउँदा एक हजार ५ सय २० ले अझै नपाएको उनले बताए ।

अध्यक्ष बाजुद्दिनका अनुसार ५२० परिवारले राज्यले कबोल गरे अनुसारको जग्गा पाएका छैनन् । प्रभावित मध्ये १४२० परिवारलाई सरकारले २ कट्ठाका दरले जग्गा दिने निर्णय गरेको थियो । ती मध्ये ९०२ ले २ कट्ठा जग्गा राहत बापत प्राप्त गरेका छन् । तर अझै ५२० परिवार जग्गाको पर्खाइमा छन् ।

कोशी पीडितहरु तीन तहको सरकार गठन भएपछि राहत पाउन नसकेको बताउँछन् । ‘ काठमाडौं जादा“ प्रदेश सरकारले दिने भन्दै फर्काउछन् । ’ अध्यक्ष बाजुद्दिन भन्छन्‘ प्रदेश सरकारले राहत दिने स्रोत छैन भन्छन् ।’

अध्यक्ष भन्छन् – स्थानीय सरकारसँग स्रोत छैन्

कोशी बाध फुट्दा कोशी गाउँपालिका बढी प्रभावित भएको थियो । राज्यले नै राहत वितरणमा उपेक्षा गरेपछि भदौं २ गतेलाई कालो दिनको रुपमा मनाउन थालिएको गाउँपालिका अध्यक्ष एयुव अन्सारी बताउँछन् । ‘मन्त्री स्तरीय निर्णय कार्यान्यन नहुँदा सरकार जनताप्रति उत्तरदाही छैन् भन्ने देखिन्छ ।’ एयुव भन्छन् ‘ राहत वितरण गर्ने गरी गाउँपालिकासँग स्रोत पनि छैन् ।’

यता प्रदेश १ सरकारले बाढी प्रभावितहरूकाे राहतकालागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । साेमबार प्रदेशसभा बैठकमा सम्बाेधन गर्दै उनले प्रदेश सरकारले समन्वय गर्ने बताएका हुन् ।

Loading...