fbpx

इटहरी १८ बालमैत्री घोषणा

इटहरी । इटहरीको १८ नम्वर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहकाबीच वालमैत्री वडा घोषणा गरेकी हुन् ।

वडा नम्वर १८ वालमैत्री घोषणा हुने इटहरीकै पहिलो वडा हो । घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले बालबालिकालाई अघि वढाउन नसके समाज अघि बढ्न नसक्ने वताइन् । इटहरी उपमहानगर पालिकाका मेयर दवरिकलाल चौधरीले वडा नम्वर १८ वाट सुरु भएको बालमैत्री घोषणा अभियानलाई सवै वडामा पुर्याएर बालमैत्री उपमहानगर घोषणा गर्ने बताए ।

सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडीले बालबालिकाका लागि गरिएको लगानीले सुनौलो विहानी ल्याउने बताइन् । वडा नम्वर १८ का अध्यक्ष रामकुमार चौधरीले ३९ वटा सूचक पूरा गरेर वालमैत्री वडा घोषणा गरिएको जानकारी दिए ।

Loading...