fbpx

सङ्खुवासभामा इन्डोस्कोपी सेवा शुरु

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु भएको छ । आइतबारदेखि सेवा सुरु गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।

जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौँ जस्ता ठूला शहर जानुपर्ने बाध्यता थियो । आफ्नै जिल्लामा सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन् ।

वीर अस्पतालका डाक्टर भूपेन्द्र बस्नेतको टोलीले आइतबार र सोमबार दुई दिन इन्डेसकोपी सेवा दिएको जिल्ला अस्पतालले जनाएको छ । टोलीले भोजपुरको षडानन्द नगरपालिका–६ का ६० वर्षीय रामबहादुर विश्वकर्माको उपचार गरेर सेवा शुरु गरेको छ ।

Loading...