fbpx

बिपद व्यवस्थापनमा स्थानीय तहले दिनुपर्नजति चासो दिएनन – मन्त्री कार्की

बिराटनगर २ भदौ । एक नम्बर प्रदेशका प्रबक्त्त मन्त्रि हिक्मतकुमार कार्कीले प्रदेशका स्थानिय तहहरु बिपद व्यवस्थापनको पुर्व तैयारीमा चासो नदिएको बताएका छन ।एक नम्बर प्रदेश सभाको सोमवारको बैठकमा बोल्दै प्रदेश सरकारका प्रबक्त्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मतकुमार कार्कीले बिपद व्यवस्थापनको पुर्व तैयारीमा स्थानिय तहले चासो नदिएको बताएका हुन ।

मन्त्रि कार्कीका अनुसार बिपद व्यावस्थापन पनलाई प्रभावकारी बनाउन प्रदेश सबै स्थानिय तहमा समितिहरु निर्माण गराएको तर उनिहरुले काम गर्न खासै चासो दिएका छैनन । बिपद आउनु अघि पुर्व सूचना संकलन गर्न बिपद भैसकेपछि पिडितहरुलाई उद्धार र राहत प्रदान गर्नमा पनि स्थानिय तहले पुरयाउनुपर्ने जति ध्यान पुर्याएका छैनन । स्थानिय तहले पूर्व सूचना सँकलन गरेर सर्तकता अपनाएमा बिपदबाट जोगिन सजिलो हुन्छ ।

मन्त्री कार्कीका अनुसार बिपद व्यावस्थापनलाइ प्रभावकारी बनाउन जिल्लामा सिडिओको नेतृत्वमा समिति निर्माण गरिएको छ । तर हैसियतमा स्थानिय तहका प्रमुखहरुले आफुलाई सिडिओ भन्दा माथिल्लो हैसियतको सम्झेर बैठकमा समेत आउने गदैनन् ।

मन्त्री कार्कीले जिल्लाबाट बिबरण प्राप्त भएमा सरकारले घोषणा गरे अनुसार बिपदमा मृत्यू भएको परिवारलाई जनही २ लाख र घाइतेलाई उपचारबापत ५० हजार राहत दिन सरकार तैयार रहेको जानकारी पनि गराए ।

Loading...