fbpx

पानी उद्योग अनुगमन गर्न र भूतपूर्व कर्मचारीको सुबिधा कटौती नगर्न आग्रह

प्रदेश सभाको शुन्य समयमा साँसदहरु

बिराटनगर २ भदौ । एक नम्बर प्रदेश सांसदहरुले पानी उद्योगको अनुगमन गर्न र भूतपूर्व निजामती कर्मचारीहरुको सुबिधा कटौती नगर्न आग्रह गरेका छन ।

सोमबार प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यशोदा अधिकारीले प्रदेशमा बिक्रि बितरण भैरहेका शिलबन्दी पानी दुषित पाइएकोले अनुगमन गरेर दोषीलाई कार्वाही गर्न माग गरिन । उनले प्रदेशमा सञ्चालन भएका पानी उद्योगहरुको लगत तयार गरेर मापदण्ड अनुसार सञ्चालन नभए नभएको हेर्न सरकारसँग आग्रह गरिन । सांसद अधिकारीले प्रदेश सभामा भनिन , ‘पानी स्वास्थ्यकालागि अति संबेदनशिल हुन्छ यसैले जथाभावी बिक्रि बितरण भैरहेका पानी र उद्योगको अनुगमन होस ।’

सांसद अधिकारीले प्रदेशमा फैलिरहेको डेंगु रोगको संक्रमण नियन्त्रण हुनुको साटो झनझन बढदै गइरहेकोले प्रभावकारी नियन्त्रणमा सर्तकर्ता अपनाउन सरकारको ध्यानपनि आकर्षण गराइन ।

शुन्य समयमा बोल्दै सांसद लोकप्रसाद सँग्रौलाले भूतपूर्व निजामती कर्मचारीहरुले पाउँदै आएको दशै खर्च संघिय सरकारले कटौती गर्न लागेको भन्दै कटौती गर्न नहुने बताए । उमेरभरि राष्ट्रको सेवा गरेका निजामती कर्मचारीहरुलाई झन प्रोत्साहन दिनुपर्नेमा पाउँदै आएको सुबिधा कटौती गर्न न्यायोचित नहुने बताए ।

Loading...