fbpx

‘झापा स्पोर्टस् अवार्ड’ हुने

झापा,
‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ । असोज दोस्रो साता हुने यस स्पोर्ट्स अवार्ड नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्ने भएको हो ।

मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ । अब तेस्रो संस्करणको अवार्डका लागि बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जनाएका छन् ।

अध्यक्ष खरेलका अनुसार कार्यक्रममा वर्ष खेलाडी (पुरुष)लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)लाई एक थान स्कुटर तथा वर्ष खेलाडी (युवा), उत्कृष्ट वर्ष प्रशिक्षक र पिपुल्स च्वाइसअन्तर्गत एउटा खेलाडीलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने छ ।

यस्तै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जनालाई रु ३५ हजार प्रदान गरिने अध्यक्ष खरेलले बताए । रासस

Loading...