fbpx

भाद्र महिनामा जन्मिएकाहरुको यस्तो हुन्छ स्वभाव

विराटनगर ।

ज्योतिस शास्त्रका अनुसार मानिसको चालचलन, व्यावहार लगायत अन्य गतिविधि मानिस जन्मेको बार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन महिना, कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउदै आएका छन् । वर्षमा १२ महिना हुने गर्छ । त्यसका अनुसार हरेक मानिसहरुको आफ्नो फरक जन्म महिना रहेको हुन्छ । र, त्यही जन्म महिना अनुसार व्यक्तिहरुको फरक फरक विशेषता रहेको हुने गर्छ ।

हिन्दु पात्रो महिनाको नाम नक्षत्रहरुको आधारमा राखिएको छ । यो महिना जन्मेको मानिस यस्तो हुन्छ भनेर त कसैलाइ पनि थाहा हुदैन तर, विभिन्न ज्योतिषहरुले बताए अनुसार उनीहरुका केहि कुराहरु भने मिल्ने गरेको पाइन्छ ।भदौ महिनामा जन्मिने मानिसहरु सधैँ जसो खुसी रहने, शान्त वातावरण मनपराउने, थोरै बोल्ने तर मिठो बोली भएका हुने गर्छन् । यस्ता व्यक्तिहरु सुन्दर र हरेक काममा पर्फेक्ट हुने गर्दछन् ।

यस्ता व्यक्तिहरु आफुलाई जे मन लाग्छ त्यहि गर्ने हुन्छन् । व्यक्तिहरु जिद्दि हुनुका साथै जहिले आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्ने गर्छन् र यिनीहरुको विचार पनि यिनीहरु जस्तै पर्फेक्ट हुने गर्छन् । खुसि रहने भए पनि कहिले कहिँ दुखि भएको बेला आफ्नो दुखलाई लुकाउन माहिर भएकाले सधै आफ्नो अनुहारमा मिठो मुस्कानका साथ रहने हुन्छन् । यिनीहरुले काम एकदम मेहेनतका साथ गरे अनुसार काममा जहिले पनि फाइदा हुने गरेको देखिन्छ ।

विशेषगरी यो महिनामा जन्मिएका व्यक्तिहरु अरुको दुख देख्न नसक्ने भएको कारणले एकदम सहयोगी भावनाका हुन्छन् र सधै पनि सहयोग गर्नका लागि तयार हुन्छन् । यस्ता व्यक्तिहेरु आफ्नो रिसलाई नियन्त्रणमा राख्न सक्छन् तर, गलत कुराहरुलाई सहन नसक्ने भएका कारणले एक रिस उठेपछि यस्ता व्यक्तिहरुलाई निकै नराम्रो सँग उठ्न सक्छ ।यस्ता व्यक्तिहरु निकै मेहेनत गरेर पैसा कमाएर पैसावाला भएपनि आफुलाई नचाहिने सामानमा छिट्टै पैसा खर्च गर्दैनन् ।

भाद्र महिनामा जन्मिएका व्यक्तिहरुले आफ्नो पार्टनरबाट भरपूर माया पाउने हुँदा जीवनभर सुखी र खुशी रहने हुन्छन् । यस्ता व्यक्तिहरुका लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि यिनीहरु जे पनि गर्न तयार भएका हुन्छन् ।

Loading...