fbpx

ला लिगा : पहिलो हाफअघि नै दुईवटा रातो कार्ड देखाइएको खेलमा एथ्लेटिकोको जित

विराटनगर,
नयाँ सिजनको ला लिगामा एथ्लेटिको मड्रिडले सुखद सुरुआत गरेको छ । आइतबार भएको खेलमा एथ्लेटिकाले गेटाफेविरुद्ध १–० गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन अल्भारो मोरोटाले गोल गरेका थिए । उनले खेलको २३औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । सो खेलको पहिलो हाफअघि नै दुई वटा रातो कार्ड देखाइएको थियो ।

खेलको ३८औं मिनेटमा गेटाफेका जर्ज मोलिना भिडालले रातो कार्ड खाएका थिए भने खेलको ४२औं मिनेटमा रेनान लोडीले रातो कार्ड पाएका थिए ।

जितपछि एथ्लेटिको अंक तालिकाको छैटौं स्थानमा छ । अंक तालिकामा रियल मड्रिड शीर्ष स्थानमा छ भने दोस्रोमा सेभिल्ला तथा तेस्रोमा नवप्रवेशी क्लब आरसीडी मल्लोर्का रहेको छ ।

Loading...