fbpx

सांसद यादवले गरे राजीनामा फिर्ता

काठमाडौं ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका घोषणा गरेका छन् । उनले आइतबार राजीनामा फिर्ता लिएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरबरियाले बताए ।

स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका यादवले दिएको राजीनामा पार्टीले फिर्ता लिन आग्रह गरिरहेको थियो ।

पार्टी संसदीय दलमा राजीनामा बुझाउनु पर्नेमा यादवले संसद सचिवालयमा बुझाएकाले स्वीकृत नहुने भएको र पार्टीको आग्रहमा फिर्ता लिएको प्रमुख सचेतक अरबरियाको भनाइ छ ।

पेशाले चिकित्सक यादव पार्टीले भुमिका नदिएपछि असन्तुष्ट रहदै आएको श्रोतले जनाएको छ । सोही कारण उनले राजीनाम दिएका थिए ।

Loading...