fbpx

नेकपा बरियता परिवर्तन : तेश्रो खनाल नेपाल पुगे चौथोमा

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा माधवकुमार नेपाललको तेस्रो वरियताबाट तल झर्दै चौथो स्थानमा पुगेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा ल्याउदै नेपाललाई चौथो बरियतामा राखेको हो ।

तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो । नेता खनालले त्यसमा असहमति जनाउँदै आफू तेस्रो वरियतामा हुनुपर्ने बताउदै आएका थिए ।

झण्डै डेढ वर्षसम्म खनालको माग नसुनेको सचिवालयले आन्तरिक समिकरणमा आएको उथलपुथलसँगै खनालको माग पुरा गरेको हो ।
बैठकमा केही नबोलेको नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बदला लिएको प्रतिकृया दिएका छन् । पहिले खनालसंग बदला लिन आफुलाई तेश्रो स्थानमा राखेको अहिले आफुसँग बदला लिन खनाललाई तेश्रो बरियतामा राखेको बताएका छन् ।

Loading...