fbpx

एक दर्जन सुनगोहोरो सहित एक पक्राउ

बिराटनगर १ भदौ । संँरक्षित वन्युजन्तुको सूचीमा रहेको सुन एक दर्जन सुन गोहोरो सहित एक जना पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय रंगेलीले १२ वटा सुन गोहोरोसहित मोरङ पथरीशनिश्चरे नगरपालिका –६ हसन्दहका ५९ वर्षीय जसबहादुर धिमाल पक्राउ परेका हुन । उनलाई मोरङको सुनवर्षी नगरपालिका – ८ स्थित डाइनिया–सिक्टी सडक खण्ड अन्तर्गत पर्ने छोटी भन्सार कार्यालयबाट साइकलमा राखेर सुनगोहोरो लैजादै गर्दा आइतार दिउँसो पक्राउ गरिएको हो । पक्राउ परेका धिमाल सहित गोहोरोलाई इप्रका रंगेलीले आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाएको छ ।

Loading...