fbpx

डाक्टर गुणराज लोहनीले सम्हाले कोशी अस्पतालमा मेसुको पदभार

बिराटनगर १ भदौ । बिराटनगर स्थित कोशी अञ्चल अस्पतालको प्रमुख डा गुणराज लोहनीले आइतबार पदभार सम्हालेका छन ।
स्वाथ्य बिभागबाट अस्पताल सुधारकालागि कोशी अञ्चल अस्पतालको प्रमुख बनाएर पठाइएका डा गुणराजले आइतबार हाजिर भएर आफनो पदभार सम्हालेका हुन । डा गुणराज स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक थिए ।
जहाँ पदस्थापन भएपनि त्यहाँ लोकप्रिय बन्न सफल र स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत बनिसकेका डा लोहनीलाई सरकारले त्यो भन्दा तल्लो जिम्मेवारी दिएर कोशी अञ्चल अस्पताल विराटनगरको मेसु बनाएर पदस्थापन गरेको हो ।
लोकप्रिय डाक्टरका रुपमा चिनिएका लोहनीलाई बिराटनगर बिमानस्थलमा जनस्वाथ्यकर्मीहरुले स्वागत गरेका थिए ।

Loading...