fbpx

मोवाइलले पत्ता लगाउछ केराको रोग

विराटनगर ।
किसानहरुलाई सहजताको लागि केरामा लागेको रोग मोवाइलले नै पत्ता लगाइदिने भएको छ । टुमैनी नामाक मोवाइल एप्सले नै केराको फोटो पठाएपछि कुन रोग लागेको हो भन्ने छ । आर्टिफिसियल इन्टेलिजेन्सी (कृतिम बुद्धि ) मार्फत एप्सले केराको जरादेखि पात र फल सम्म लागेको रोगका विषयमा जानकारी दिदै उपचार र औषधिको प्रयोगका विषयमा पनि भन्ने छ ।

एप्सको विषयमा परिक्षण गर्दा करिब २ हजार तस्वीर पठाएर परिक्षण गर्दा ९० प्रतिशत बढी सही रुपमा एप्सले रोग तथा किराका विषयमा जानकारी उपलब्ध गराएको थियो । भारत, युगाण्डा, कोलम्बिया र कंगोबाट पठाइएका केराका तस्विरलाई विश्लेषण गर्दै एप्सले रोग तथा किराका विषयमा जानकरी दिएको थियो ।

जुन ९० प्रतिशत सहि भएको भारतको तामिलनाडूको इमामी कृषि तथा प्रविधि संस्थानको बायोटेक्नोलोजी विभागका डाक्टर शिवलिंगम इलायाबालनले बताए । एप्सको विकास भएसंगै विश्वभरका किसानहरुलाई केराको रोग पहिचानमा सहज हुने विश्वास गरिएको छ ।

Loading...