fbpx

यूरोपमा ‘लप्पन छप्पन’ गर्न गएका कलाकार छायांकन नगरी फर्किए

विराटनगर,
चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल ‘लप्पन छप्पन २’को छायांकन युरोप र अष्ट्रेलियामा गर्ने बताइएको थियो । नेपालमा केहि दृश्य छायांकन गरि पहिले यूरोपमा छायांकन सकेर अष्ट्रेलिया जाने योजनामा कलाकार तथा निर्माण टिम यूरोप पुगेका थिए । ‘लप्पन छप्पन २’को टोली छायांकन नै नगरी नेपाल फर्किएका छन् । फिल्मको निर्देशक र निर्माताविच कोअर्डिनेसन नहुँदा कलाकारहरुले करिब २ साता यूरोपमा रहेर पनि फिल्मको कुनै पनि दृश्यको छायांकन नै नगरी फर्किन बाध्य भएका हुन् ।

नेपालमा रहेका निर्देशक मुकुन्द भट्ट र यूरोपमा रहेका निर्माताहरु देवु श्रेष्ठ र दिलिपकुमार श्रेष्ठ विच सहमति नहुँदा समस्या उत्पन्न भएको हो । निर्देशकले यूरोपमा रहेका निर्मातासँग कुरानै नगरी कलाकार लिएर यूरोप पुग्दा केहि पनि काम नभए पछि ठुलो क्ष्यति भएको छ । नेपालबाट क्यामेरा नलगिएको र फिल्मका छायांकार पुरुषोत्तम प्रधान पनि यूरोप नगएको कारण पनि समस्या भएको हो । युरोप गएर उतै क्यामेराको व्यवस्था गर्ने सोच लिएर फिल्मको टिम यूरोप पुगेपनि बेल्जियममा क्यामराको व्यवस्था हुन नसके पछि उनीहरु बाध्य भएर फर्केका हुन् ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, देव कुमार, सुरविना कार्की, सृजना सिनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौगातको ग्याङ्गस्टार लुक्स भएको चलचित्रलाई ‘डेन्जरस गेम’ भनिएको छ । इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा बन्दै गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्ने भएका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेले लेखेका छन् । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्ममा निर्मातामा चिज कुमार श्रेष्ठ र प्रजापति सिवाकोटी, सह(निर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना र रकार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र रहेका छन् ।सौगातको हुलियाबाट उनि फिल्ममा नेगेटिभ भूमिका रहेको अनुमान लगाउन सकिन्छ ।

Loading...