fbpx

करेला प्रजातिको भएपनि तीतो नहुने चट्टेलका फाइदाहरू

विराटनगर,
शरीरमा धेरै फाइदा पुर्याउने विभिन्न प्रकारका हरिया शब्जीमध्ये झुसे करेला अर्थात् चट्टेल पनि एक हो । यसको सेवनले शरीर स्वस्थ्य र तन्दुरुस्त रहन्छ  । आयुर्वेद अनुसार चट्टेल स्वादिलो हुनुका साथै यसको सेवनले तत्काल नै शरीरमा उर्जा आउने गर्छ  ।

यो तरकारी करेला प्रजातिको भए पनि करेला जस्तो तीतो भने हुँदैन । आयुर्वेदमा निकै फाइदाजनक मानिएको चट्टेलमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । यसमा मासुको तुलनामा धेरै बढी प्रोटिन हुन्छ । विभिन्न रिपोर्टहरुका अनुसार यममा चिकेनभन्दा ५० प्रतिशत बढी शक्ति र प्रोटिन हुने गर्छ । प्रोटिन र आइरन भरपुर मात्रामा पाइने चट्टेलमा क्यालोरी निकै कम हुन्छ ।

चट्टेलमा पाइने फाइटोकेमिकल्सले शरीरलाई स्वस्थ बनाउनुका साथै एन्टिअक्सिडेन्डले रगतमा भएका सबै फोहोर बाहिर निकालेर रगतलाई सफा राखी छालासम्बन्धी कुनै पनि रोग हुन दिँदैन । रगत सफा भएपछि छालामा रोग पनि लाग्दैन । चट्टेलको तरकारी सेवन गर्दा ब्लड सुगर पनि नियन्त्रणमा आउने हुनाले मधुमेहका बिरामीका लागि यसको सेवन निकै फाइदाजनक हुन्छ । कम क्यालोरी हुने भएकाले तौल घटाउनेहरूको लागि यो तरकारी राम्रो विकल्प हुन सक्छ ।

यसमा पाइने फाइबरका कारण यसको सेवनले पाचन प्रकृयालाई सक्रिय पारेर खाना निकै सजिलै पच्छ र शरीरको मेटाबोलिजम तीब्र हुन गइ पेटको समस्याबाट जोगाउछ । चट्टेलमा केरोटेनोइड्सको अत्यधिक मात्रा पाइने भएकोले यसको सेवन आँखाका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले आँखाको कम भइसकेको ज्योती समेत बढ्ने गर्छ ।

एन्टी एलर्जिक र एनाल्जेसिक गुण हुने भएकाले यसको सेवनले मौसम परिवर्तन हुँदा लाग्ने रुघाखोकी तथा ज्वरोलाई निको पार्न मद्दत गर्छ । चट्टेलमा भएको प्रोटिन, भिटामिन र मिनरल्सले दिनभरी ऊर्जावान राख्न मद्दत गर्छ । केरोटोनोइडसले उच्च रक्तचापलाई नियन्त्रण गरि मुटु रोग, क्यान्सर समेतको रोकथाममा समेत फाइदा गर्छ ।

Loading...