fbpx

डेँगुको निशुल्क उपचार नभएको भन्दै अनुगमन गर्न साँसदको माग

बिराटनगर १ भदौ । डेंगु रोगको उपचार निशुल्क गर्न प्रदेश सरकारले गरेको घोषणा कार्यान्वयन नभएको भन्दै अनुगमन गर्न साँसदले माग गरेका छन ।

एक नम्बर प्रदेश सभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै साँसद अम्बिका थापाले प्रदेश सरकारले डेंगु रोगको उपचार सरकारी अस्पतालहरुमा निशुल्क गरिदिने घोषणा व्यवहारमा कार्यान्वयन नभएको भन्दै अनुगमन गर्न माग गरेकी हुन ।
साँसद थापाका अनुसार धरान उपमहानगरपालिका चर्च टोलमा बिरामी भएका पाँच जना बिपी प्रतिष्ठानमा उपचार गराउन जाँदा चेकजाँचको बहानामा चर्को शुल्क लिइएको उनले बताइन । उनका अनुसार डेंगु भए नभएको पत्ता लगाउने बहानामा गरिने चेकजाँचमा नीजि र सरकारी अस्पतालहरुमा चर्को मुल्य असुल्ने गरिएको छ ।

चर्को मूल्य तिरेर रगत परिक्षण गराइसकेपछि डेंगु भएको पत्ता लागेमा समान्य औषधी दिएर पठाउने गरिएको छ । साँसद थापाले प्रदेश सभामा भनिन , – ‘ यसैले डेगु रोगीलाई निशुल्क उपचार गरिदिने कुरा घोषणामै सिमित हुन पुगेको छ सरकारले प्रत्यक्ष स्थलगत अनुगमन गरोस ।’,

एक नम्बर प्रदेश सरकारले सरकारी अस्पतालमा डेंगु रोगको उपचार निशुल्क गर्ने घोषणा गरेको थियो ।

आइतबारको बैठकमा साँसद बिन्दिया कार्कीले सरकारले नीजि पम्पहरुलाई सहुलियत नदिँदा सहज रुपमा पेट्रोलियम पर्दाथको आपुर्ति हुन नसकेको बताइन ।

Loading...