fbpx

औषधिलाई टुक्रा पारेर खाने गर्नु हुन्छ ? घातक असर गर्न सक्छ

विराटनगर,
बिरामी परेर चिकित्सकको मा जाँच गर्न जाँदा चिकित्सकहरुको परामर्शमा लेखिदिएको औषधि, त्यही मात्राको चक्की नपाएपछि त्यो भन्दा धेरै मिलिग्रामको किनेर भएपनि टुक्रा पारेर खाने गरिन्छ । सिटामोल पाँच सय मिलिग्रामको पाइन्छ तर, सानो बच्चाहरूलाइ त्यति धेरै मिलिग्रामले असर गर्छ भनेर सोचेर धेरै जसोले बच्चाहरुलाई औषधि दिँदा टुक्रा पारेर ख्वाउने चलन छ ।

यसरी औषधिलाई टुक्राएर खादा सहि मात्राले रोग निको पर्छ भन्ने सोच गलत हो बरु यसको सट्टा त्यही मात्राको औषधि सेवन गर्नु नै उपयुक्त हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार कुनै पनि औषधिलाई दुई वा दुईभन्दा बढी भागमा टुक्राएर खानु धेरै घातक हुने र यसले शरीरमा नकारात्मक असर गर्ने बताएका छन् । यसरि औषधिलाई टुक्राएर खाने गर्दा औषधिको गलत मात्रा शरीरमा पुग्छ ।

‘जर्नल अफ एडभान्स नर्सिङ’ मा प्रकाशित भएको अनुसन्धानमा औषधिलाई टुक्राएर खाँदा गम्भीर प्रभाव हुन सक्ने उल्लेखित गरिएको छ । अनुसन्धान अनुसार औषधिको गलत मात्रा लिनाले औषधि र विष बीच केहि पनि अन्तर नरहने हुन्छ । जतिसुकै प्रयास गर्दासमेत कुनै पनि औषधिलाई बराबर भागमा टुक्राउन सक्दैनौ ।

उक्त अनुसन्धानमा अनुसन्धानकर्ताहरूले औषधिको चक्कीलाई बराबर भागमा तोडन विशेष प्रकारको चक्कु, औजार र कैंचीको समेत उपयोग गरे पनि बराबर मात्रा पाउन नसकेको बताएका छन् । जतिसुकै प्रयास गरिए पनि चक्कीलाई बराबर दुई भागमा तोडन धेरै जटिल देखिएको थियो ।

यसरि औषधिलाई टुक्राएर प्रयोग गरेमा चक्कीमा औषधिको मात्रा गलत हुन गइ औषधिको १५ देखि २५ प्रतिशत बढी अथवा घटी मात्रा शरीरमा पुग्ने डर रही रहन्छ । यसका साथ साथै औषधि निल्न कठिन भयो भन्दै चम्चावा गिलासमा पानी संग घोलेर खाने समेत गरिन्छ । यसरी पनि औषधिको सेवन गर्नु हुदैन । यसमा औषधिको केहि मात्रा चम्चा वा गिलासमा टासिन गइ हाम्रो शरीरमा औषधिको गलत मात्रा पुग्न जान्छ । यसले रोग निको पर्नु भन्दा पनि अझ गम्भीर समस्या उत्पन्न गराउछ ।

Loading...