fbpx

मलाई पनि अर्को चुनावदेखि बस्ने मन छैन : प्रधानमन्त्री ओली

काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर सरकारको संयमतालाई हेरेर केही तत्वहरु बढि हौसिएको देखिन्छ । प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सैह्य हुँदैन । जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्वहरु नहौसिए हुन्छ ।”

प्रधानमन्त्रीले प्रतिगामीहरु सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि आग्रह गरे । “प्रधानमन्त्री लगलग कामेका छन्, प्रधानमन्त्री जाने भए भनेको सुनेँ । पद नगएको राजा, महाराजा प्रधानमन्त्री कोही छैन । मलाई पनि अर्को चुनावदेखि बस्न मन छैन । प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ । चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ ।”

“अहिले सरकारले नपत्याएर हो, पत्याएका दिन गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षाका लागि सडक उत्रन्छ,” प्रधानमन्त्री ओलीले नेकपाको सरकार कुनै सेन्टिमेन्टमा नबनेको स्मरण गराए । प्रधानमन्त्रीले सरकारले आवश्यक कानूनहरु छोटो समयमा नै निर्माण गरेको स्मरण गर्दै कतिपय आवश्यक कानुनहरु यही अधिवेशनबाट टुंगोमा पु¥याउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताए । “केही भएन भन्छन्, केही नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, अर्कोपटक ८.५ प्रतिशत पुग्छ, अर्को पटक ९.५, अर्को वर्ष ११ प्रतिशत पुग्छ, अझै केही भएन भन्नेले सजग गराएकोमा धन्यवाद,” उनले भने ।

“१४ सय किलोमिटर पिच भएको छ, ३ सय पुल बनाउँदा कम भयो भने ५ सय वटा पुल बन्छन्, बाटोहरु चौडा बन्दैछ,” प्रधानमन्त्रीले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैं काम गरिरहेको, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरुबीच सम्झौता भएको, मन्त्री र सचिवहरुको बीच समेत सम्झौता भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सिफारिस आउनेवित्तिकै यसै साता सत्य निरुपण र बेपत्ता आयोग गठन हुने जानकारी दिए । उनले भने, “सरकारले आफ्ना प्रतिबद्धताहरु शीघ्रतिशीघ्र निरुपण गर्छ । द्वन्द्वको खाटाहरु अहिलेसम्म रहनु र चह¥याउनु राम्रो होइन ।” प्रधानमन्त्री ओलीले छिट्टै अन्तरप्रदेश बैठक बोलाउने समेत जानकारी दिए ।

Loading...