fbpx

युभेन्टसबाट खेल्न पाउनु गर्वको कुरा हो : आरोन राम्से

एजेन्सी,
यसै सिजन मात्र इंग्लिस क्लब आर्सनलबाट इटालियन च्याम्पियन्स क्लब इटाली आएका स्टार आरोन राम्सेले युभेन्टसबाट खेल्न पाउनु गर्वको विषय भएको बताएका छन् । ट्रिएस्टिनाविरुद्ध १–० गोलको जित निकालेपछि उनले पत्रकारसँग कुरा गर्दै युभेन्टसबाट खेल्न पाउनु गर्वको कुरा भएको बताएका हुन् ।

शनिबार राति भएको खेलमा युभेन्टसले इटालीकै क्लब ट्रिएस्टिनाविरुद्ध जित निकालेको हो । जसमा, निर्णायक गोल पाउलो डेबालाले गरेका थिए । यस खेलमा राम्सेले खेल्ने मौका पाएको हुन् । हालै मात्र इटाली आएका उनले युभेन्टसका ३ वटा मैत्रीपूर्ण खेलमा मौका पाएका थिएनन् । युभेन्टसले टोटनह्याम, एथ्लेटिको मड्रिड र कोरियन क्लब अल स्टारसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

खेलपछि राम्सेले आफ्ना अनुभवहरु साट्दै पत्रकारसँग भने, ‘मलाई राम्रो महसूस भयो । टिमलाई सहयोग गर्न पाउँदा म धेरै खुशी थिएँ । इटालियन फुटबलको एउटा हिस्सा हुन पाउँदा म धेरै नै उत्साहित छु । र, इटालीको लिगमा अनुभव संगाल्न पाउँदा खुशी छु । हामीले शनिबारबाट इटालियन लिग सुरु गर्नेछौ । यसर्थ, उक्त प्रतिस्पर्धात्मक म्याचमा मेरो पहिलो अनुभव हुनेछ ।’

यसैगरी उनले आफू यहाँबाट खेल्न पाउँदा धेरै खुशी भएको र युभेन्टसबाट खेल्न पाउनु गर्वको कुरा भएको उल्लेख गरे । उनले भने, ‘युभेन्टसको जर्सीमा खेल्न पाउनु गर्वको क्षण हो र म धेरै नै खुशी छु । मलाई धेरै नै स्वस्थ भइ खेल्नका लागि कठिन मेहेनत गर्नुछ । मैदानमा के हुन्छ थाहा हुन्न, यसैले पनि मलाई अभ धेरै मेहेनत गर्नुछ ।’

हालै मात्र चेल्सीबाट युभेन्टस आएका प्रशिक्षक मौरिजियो सार्रीले आफ्ना नयाँ–नयाँ आइडियाहरू शेयर गर्ने गरेको बताउँदै भने, ‘मेरो विचारमा मेरो प्रि–सिजन एकदमै राम्रो भयो । हामीले नयाँ कोच पाएका छौं जसले हामीलाई आफ्ना नयाँ नयाँ आइडियाहरू दिनुहुन्छ । मलाई लाग्छ, हाम्रो टोली राम्रो छ र हाम्रो सिजन सफल एवम् उत्कृष्ट रहनेमा म विश्वस्त छु ।’

२८ वर्षीय राम्सेले थपे, ‘हामी अहिले एउटा सफल टिम बन्नका लागि कठिन मेहेनत गरिरहेका छौं । म यहाँबाट खेल्न पाउँदा धेरै नै खुशी छु र यहाँबाट खेल्न पाउनु गर्वको कुरा हो ।’

Loading...