fbpx

पानीमा डुब्दा र करेन्ट लाग्दा ५ को मृत्यू १ जना घाइते

बिराटनगर १ भदौ । एक नम्बर प्रदेशका बिभिन्न जिल्लामा शनिबार पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन ।

मोरङको रतुवामाई नगरपालिका ७ सिँजुवा बस्ने शिव मुखीयाको १० वर्षिय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको छ । प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा उनि राती ९ बजे रतुवा खोला किनारमा मृत फेला परेका थिए । झापाको बिर्तामोड नगरपालिका ३ बिराट पोखर बस्ने रोशन बेसराको २ बर्षिय छोरा अजित बेसरा पनि शनिबार अपरान्ह पौने ४ बजेको समयमा खेल्ने क्रममा अदुवा खोलामा डुबेर मृत्यु भएको छ । सुनसरीको ईटहरी उप महानगरपालिका ६ बस्ने ४० बर्षिय मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ । सुनसरीको रामधुनि नगरपालिका ६ ईचोल बस्ने अन्दाजी ४५ बर्षिय सरिलाल राजधामी घर नजिकै रहेको पोखरीमा डुबेर मृत परेका छन ।
पानीमा डुब्दा एक घाइते
सुनसरीको कोशी कटानमा रामधुनी नपा ५ भुमरी चोक बस्ने बर्ष १८ को आयुषबस्नेत नुहाउने क्रममा डुबेर गम्भिर घाईते भएका थिए । उनलाई साथिहरुले डुबिरहेको अवस्थामा देखे पश्चात तत्काल उद्दार गरेका थिए । हाल उनको बिराटनगरमा उपचार भैरहेको छ ।
करेन्ट लागेर एक महिलाको मृत्यू
यसैगरि सुनसरीको देवानगञ्ज नगरपालिका ३ कपतानगञ्जमा करेन्ट लागेर एक महिलाकोमृत्यु भएको छ । शनिबार बिहान साढे ९ बजेको समयमा राम चन्द्र मेहेताको
श्रीमती बर्ष २५ की अनिता मेहेता घरमा टेबुल फेन चलउने क्रममा करेन्ट लाग्दा उनको मृत्यू भएको हो । गम्भिर घाईते भएकी उनलाई उपचारको लागी विराट नर्सिङहोमविराटनगर लगीएकोमा उपचारको क्रममा दिउँसो मृत्य भएको सुनसरी प्रहरीले जनाएको छ ।

Loading...